ताप्लेजुङको पाथिभरा घटना : पहिचान पक्षधरसँग वार्ता गर्दै सरकार

विराटनगर। कोशी प्रदेश सरकारले पहिचान पक्षरलाई वार्तामा बोलाएको छ । मंगलबार बसेको सरकारी वार्ता टोलीको बैठकले प्रदेशमा आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको हो ।

शनिबार ताप्लेजुङको पाथिभरा क्षेत्रमा प्रहरी र केबलकारको विरोधमा रहेको पहिचान पक्षधरबीच झडप भएको थियो । झडपमा प्रहरीले चलाएको गोली लागेर २ सहित ३ जना गम्भीर घाइते भएका थिए । झडपमा २१ प्रहरी घाइते भएका थिए ।

घाइते भउकाहरुको शिक्षण अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । सो घटनापछि प्रदेश सभाको बैठकमा सांसदले ताप्लेजुङको विवाद वार्ताबाट समाधान गर्न माग गरेका थिए ।

प्रदेश सरकारले गत मंसिर २४ गते मन्त्री आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाको संयोजकत्वमा भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राई, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कमल थापासहितको टोली बनाएको थियो ।