काठमाडौं । काठमाडौंबाट स्रोत नखुलेको ३९ लाख नगदसहित एक जना पक्राउ परेका छन्।
काठमाडौंको इन्द्रचोकबाट स्रोत नखुलेको नगद ३९ लाख ७५ हजारसहित एक जनालाई पक्राउ परेका हुन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–१५ घर भई काठमाडौंको टोखा बस्ने माधव श्रेष्ठ छन्।
यस सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौंले थप अनुसन्धान अघि बढाएको छ।





























