अमेरिकी राष्ट्रपति ट्रम्पल रोके सबैखाले विदेशी सहायता

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विभिन्न मुलुकलाई उपलब्ध गराउँदै आएको सहयोग रोकेको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार ट्रम्पले यो व्यवस्थासहितको आदेश सोमबार जारी गरेका थिए। अमेरिकी अधिकारी र दूतावासहरूलाई पठाइएको मेमो (पत्र)_अनुसार अमेरिकाको विदेश विभागले यसअघि विदेशमा गरिरहेको सहयोग रोकेको छ।

ट्रम्पले त्यस्ता सहायताहरूको प्रभावकारिता र निरन्तरताबारे समीक्षा गरेर आफ्नो विदेश नीतिलाई अघि बढाउने उद्देश्यसाथ उक्त कार्यकारी आदेश जारी गरेको बताइएको छ। परराष्ट्र नीतिको समीक्षा अवधिसम्म ९० दिनका निम्ति विदेशमा दिइने सबै प्रकारका सहायतामा प्रतिबन्ध लगाइएको छ।

अमेरिका विश्वको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सहायता दाता मुलुक हो। सन् २०२३ को सरकारी तथ्यांकअनुसार अमेरिकाले विदेशी सहायतामा ६८ अर्ब डलर खर्च गर्छ। अमेरिकी विदेश मन्त्रालयको यो सूचना विकास कार्यदेखि सैन्य क्षेत्रसम्म सबै ठाउँमा लागु हुनेछ। उक्त मेमोमा अपवादका रूपमा आपत्कालीन खाद्य सहायता, इजरायल र इजिप्टलाई दिइने सैन्य सहायता यसमा पर्दैन।

सहायता स्थगित गर्दा त्यसले युक्रेनलाई असर गर्न सक्ने समाचार संस्था एएफपीले जनाएको छ। युक्रेनले ट्रम्पका पूर्ववर्ती जो बाइडनको नेतृत्वमा रहेको अमेरिकाबाट अर्बौँ डलर बराबरका अस्त्र सहायता पाएका थियो।

ट्रमले सबै खाले जिवदेशी साहयता रोकेपछि अमेरिकाले सहयोग परियोजना एमसीसी अन्योलमा परेको अनुमान छ । अमेरिकाले नेपाललाई कृषि, सुशासन, विपद्, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र सरसफाइका क्षेत्रमा सहयोग गर्दै आएको छ। ती क्षेत्रमा अधिकांश अमेरिकी अनुदान यूएसएआईडीमार्फत् काम हुँदै आएको छ।

अमेरिकी अनुदान सहयोग परियोजना एमसीसीमार्फत् पनि नेपालमा सडक र विद्युत् पूर्वाधारको क्षेत्रमा काम सुरू भएका छन्।