Hotel Panchthar Nepco Media

उपत्यकाबाहिर चल्ने सवारी गोंगबु बसपार्कबाट सञ्चालन गर्न महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर चल्ने लामो, मध्यम र छोटो दुरीका सवारी साधन गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्न आग्रह गरेको छ।

जभाभावी पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत राख्ने, सडक खण्डमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा अवरोध पुगेको भन्दै महानगरले गोंगबु बसपार्कबाट मात्रै सञ्चालन गर्न भनेको हो।

धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दूरीका सवारी साधनहरूलाई पनि कलङ्कीदेखि जडीबुटीसम्म सवारी रोक्न निषेध गरेको छ।