ट्रम्पको आक्रमणपछि एलन मस्क भन्छन्, गुप्तचर प्रमुखले राजीनामा दिनुपर्छ

काठमाडौं । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रमण पछि बोल्दै अमेरिकी खर्बपति एलन मस्कले गुप्तचर निकाय प्रमुखले राजीनामा दिनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत उनले गोली हाल्ने मान्छेलाई अग्लो स्थानमा जान दिएको प्रति टिप्पणी गरेका छन् ।

मस्कले ट्रम्पको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै डोनाल्ड ट्रम्पलाई औपचारिक रुपमा राष्ट्रपति उमेदवारको रुपमा अनुमोदन गरेका छन् ।