काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।
राष्ट्रपति पौडेलले शुक्रबार संविधानको धारा ७६ ९२० बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्नका लागि दाबी पेश गर्न दुई वा दुईभन्दा बढी दललाई आह्वान गरेका थिए । उक्त अवधि आज साँझ ५ बजे सकिँदै छ ।
राष्ट्रपति पौडेलले आज साँझ ५ बजेपछि प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेस गर्ने समय सकिएपछि अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्दैछन् । प्रधानमन्त्री नियुक्ति आज भएपनि शपथग्रहण भने सोमबार मात्रै हुने बताइएको छ ।
कांग्रेस सभापति शेर बहादुर देउवा र एमाले अध्यक्ष ओलीले प्रतिनिधि सभाका १६६ सदस्यको समर्थन भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलसमक्ष शुक्रबार राती नै प्रधानमन्त्री पदमा दाबी पेस गरेका थिए ।






























