एजेन्सी । उत्तर प्रदेशको बहराइच जिल्लामा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । गत बिहीबार नवविवाहित जोडीको सुहागरातको दिनमानै मृत्यु भएको छ ।
प्रहरी रिपोर्टका अनुसार विवाहको पहिलो रातनै दुलहा र दुलहीलाई हृदयघात भएको थियो । दुबैको शव हनिमुनको ओछ्यानमा लडिरहेको अवस्थामा फेला परेको थियो । दुवैको एउटै चितामा दाहसंस्कार गरिएको छ ।
हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार मे ३० मा २४ वर्षीय प्रताप यादवको २२ वर्षीया पुष्पा यादवसँग विवाह भएको थियो ।
मे ३१ गते बेलुका बेहुला लिएर घर फर्किए । विवाहपछिका सबै संस्कार पूरा गरी सोही रात दुवै कोठामा सुत्न गए । भोलिपल्ट बिहान दुवै हनिमुनको ओछ्यानमा मृत फेला परेका थिए ।
रिपोर्टमा भनिएको छ कि उनको मृत्युको कारण पत्ता लगाउन फरेन्सिक विशेषज्ञहरूको टोलीलाई कोठाको जाँच गर्न बोलाइएको थियो।
कैसरगञ्ज प्रहरी स्टेशनका इन्स्पेक्टर राजनाथ सिंहले भने, ‘कोठामा जबरजस्ती प्रवेश गरेको वा दम्पतीको शरीरमा चोटपटकको कुनै चिन्ह थिएन, जसले उनीहरूको मृत्युमा कुनै अपराधलाई संकेत गर्छ।’
यसैबीच हृदयघातको पोष्टमार्टम रिपोर्टको नतिजाले भने धेरैलाई आश्चर्यमा पारेको थियो ।