एजेन्सी । भारतीय अभिनेता सलमान खानकी बहिनी अर्पिता खान शर्माको घरमा चोरी भएको छ ।
प्रहरीको अनुसन्धानमा चोरी गर्ने व्यक्तिको नाम सन्दीप हेगडे रहेको खुलेको छ । अर्पिताको घरमा सहयोगीका रुपमा काम गर्दै सन्दीपले चोरी गरेको प्रहरीले जनाएको छ । सन्दीपले ५ लाख मूल्यको हिराको झुम्का चोरी गरेका थिए ।
अर्पिताले १६ मे राति आफ्नो घरबाट चोरी भएको उजुरी दिएकी थिइन् ।
विगत ४ महिनादेखि अर्पिताको घरमा काम गरिरहेका सन्दीप मे १६ राति देखि गहना चोरेर फरार भएको बयानमा उल्लेख छ ।