Hotel Panchthar Nepco Media

देशको परिस्थिति जटिल अवस्थामा छ – ओली

देशलाई यस्तो स्थितिमा पुर्‍याउनुमा नेपाली कांग्रेसकाे मुख्य भुमिका

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशको परिस्थिति अत्यन्त जटिल रहेको बताएका छन् ।

३१औं मदन-आश्रित स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिलेको राजनीतिलाई मानिसहरुले हल्काफुल्का ढंगले लिन खोजे पनि परिस्थिति जटिल रहेको बताएका हुन् ।
देशलाई यस्तो स्थितिमा पुर्‍याउनुमा नेपाली कांग्रेस र कांग्रेस नेतृत्वको सत्ता गठबन्धन भएको आरोप समेत ओलीले लगाएका छन् ।