यूएईले दियो नेपाललाई १२२ रनको लक्ष्य

काठमाडौं । यूएईले एसीसी एसिया कप राइजिङ स्टार्समा नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएई ३९.५ ओभरमा १२१ रनमै समेटियो ।

यूएईका मोहम्मद शहदादले ४०, हरप्रीत सिंहले ३२ र नुरुल्लाह अयोबीले १२ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले तीन–तीन विकेट लिए । नन्दन यादव, राशिद खान र ललितनारायण राजवंशीले एक–एक विकेट हात पारे ।

यही खेलमार्फत मयन यादव, राशिद खान र लोकेश बमले नेपालको सिनियर टोलीबाट एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका छन् ।

दुवै टोली पहिलो जितको खोजीमा छन् । समूह ‘बी’मा रहेको नेपालले यसअघि भारत ‘ए’सँग खेल्दा ३०६ रनको लज्जास्पद हार व्यहोरेको थियो ।

यता, यूएईले भने पाकिस्तान ‘ए’सँग खेल्दा ६१ रनले पराजित भएको थियो ।