‘ब्याटल अफ गलवान’ सलमानको फिल्मको गीतमा नेपाली हिरो अनुप विक्रम पनि

काठमाडौँ । सुपर स्टार  सलमान खान द्वारा अभिनित फिल्म ‘ब्याटल अफ गलवान’ को भर्खरै गीत पनि सार्वजनिक भएको छ ।

उक्त गीतमा नेपाली अभिनेता अनुपविक्रम शाही पनि ‘मातृभूमि’ बोलको गितमा सलमान खानसँगै देखिएका हुन । देश भक्तिको भावना समेटिएको उक्त गीतमा अनुप विक्रम सलमानसँग एउटै फ्रेममा देखिएका हुन् ।

अनुपविक्रम शाह्को विषयमा सलमानसँग फिल्म खेल्दै भन्ने समाचार आएको थियो । सो गीतमा सलमानसँगै केही समय अगाडी भने उनी देखिएका छन् । यस गीतमा श्रेया घोषाल, मणि धर्मकोटको र अरिजित सिंहको,स्वर रहेको छ ।

 

यो फिल्म अपूर्व लाखियाले निर्देशन गरेका छन भने सलमान खान फिल्म्स्को प्रस्तुति रहेको देखिन्छ । गलवान क्षेत्रमा भारत र चिनियाँ सेनाबिच भएको झडपको कथा वस्तुमा रहेको फिल्म सन् २०२० मा आधारित छ ।
यस फिल्ममा सलमान खान, चित्रांगदा सिंहको मुख्य पात्र छन ।

नेपाली कलाकार अनुपसँगै केही समय अगाडी स्वर्गीय गायक तथा अभिनेता प्रशान्त तामाङको भुमिका अभिनय छ । ‘ब्याटल अफ गलवान’ १७ अप्रिल (वैशाख ४) देखि प्रदर्शनमा आउने तयारिमा छ ।