काठमाडौं। ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि करण परियारले जितेका छन् । शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै करण विजेता बनेका हुन् ।
विजेता परियारले नगद रु २५ लाखसहित अन्य उपहार प्राप्त गरे। प्रतियोगितामा पोखराकी सलोमी गुरुङ दोस्रो भएसँगै नगद रु १० लाख, दार्जिलिङका सचिन विश्वकर्मा तेस्रो भएर नगद रु पाँच लाख र दार्जिलिङकै मोहित भुजेलले चौथो स्थान हासिल गरेर स्कुटर प्राप्त गरे ।