Hotel Panchthar Nepco Media

गायक टेकेन्द्र रोकायाको स्वरमा ‘पारु‘ सार्वजनिक

काठमाण्डौं ।
गायिका रेखा जोशी र गायक टेकेन्द्र रोकायाको स्वरमा रहेको ‘पारु‘ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रकाश रोकायाको शब्द तथा ललित हमालको संगीत रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन । उमेश साउदको छायाँकन , उमेश साउद र एवी डिजाइनको सम्पादन तथा मदन खड्काको निर्देशनमा भिडियो तयार गरिएको हो । ‘पारु‘ गीतमा कोपिला सिंह ठकुरी , मोहन मुस्कान , रविन मुस्कान एस के , गंगा थापा मगरको फिचरिङ रहेको छ ।

‘पारु‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।