Hotel Panchthar Nepco Media

अश्लिल हर्कत गरेको आरोपमा डेढ दर्जन टिकटकर पक्राउ

रौतहट । होहल्ला गरेको आरोपमा  प्रहरीले डेढ दर्जन टिकटक स्टारलाई नियन्त्रणमा लिई हिरासतमा राखेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख महेन्द्र कुमार श्रेष्ठकाअनुसार सिया पैलेस होटेल, गौरमा मदिरा सेवन गरि हो हल्ला तथा अभद्र व्यवहार गरेको आरोपमा टिकटक स्टारहरू पक्राउ परेका हुन । सो घटनाका बारेमा वास्तविकता छानबिन भई रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

पक्राउ पर्नेमा गरुडा नगरपालिका वडा नम्बर १  जयनगरका राजकुमार साहसहितका टिकटक स्टार रहेका छन ।  पक्राउ गरिएका सबै दोषि नरहेको र घटना बारे थप अनुसन्धान भई रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

सिया पैलेस होटलमा बसेका महिला डाकटरको कोठा ढक्कयाई खोल्न लगाउने तथा अभद्र व्यबहार गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो। राति १२ बजेसम्म तलको हलमा अश्लील नृत्य तथा होहल्ला भई रहेको सुचना स्थानिय प्रशासनले पाएपछि प्रहरी पुगेका थिए ।