काठमाडौं । पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’को फिनाले आगामी भदौ २ गते हुने भएको छ।
टोखास्थित सुटिङ स्टुडियोमा आयोजकइन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले पत्रकार सम्मेलन गर्दै फिनाले ललितपुरको गोदावारीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बेलुकी पाँच बजेदेखि गर्न लागेको जानकारी दिएको हो।
‘मेरो भ्वाइस युनिभर्स’को उत्कृष्ट पाँचमा शिशिर ठटाल, प्रितम राई, साइईराज खाती, परेश राई र शरद हुमागाईं छन् ।
‘मेरो भ्वाइस युनिभर्स’रियालिटी शोमा विजेताले एक करोड रूपैयाँ पुरस्कार पाउनेछन्। फस्ट रनरअपले ३० लाख रूपैयाँ र सेकेन्ड रनरअपले २० लाख रूपैयाँ पाउनेछन्।
‘मेरो भ्वाइस युनिभर्स’को निर्णायकमा दीप श्रेष्ठ, सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान छन्।