Hotel Panchthar Nepco Media

मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ।

बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले सामान्य प्रशासन मन्त्री मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको हो।

मन्त्री मोदीले प्रभावकारी ढंगले काम गर्न नसकेको भन्दै माओवादी केन्द्रभित्रै उनको आलोचना हुँदै आएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीकी अनिता देवी साहलाई सरकारमा सहभागी गराएर मन्त्रिपरिषद् विस्तारको तयारीमा छन्।