स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा.सापकोटा

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा. भीमप्रसाद सापकोटाले जिम्मेवारी पाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरिय निर्णय गर्दै सापकोटालाई उक्त जिम्मेवारी दिएका हन्।

डा. सापकोटाले महाशाखा प्रमुखको जिम्मेवारी पाएसँगै उक्त महाशाखा प्रमुख रहेका डा चुमनलाल दासलाई नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिइएको छ।