काठमाडौं । बेथानी भिजन नेपालकी अध्यक्ष गोमा कुमारी सुनार ‘सरु’ थापाले आर्थिक कारोबारलाई पारदर्शी बनाउन हामी प्रतिबद्ध रहेको बताएकी छन् ।
सामाजिक लेखा परिक्षण कार्यक्रममा अध्यक्ष सुनारले भनिन् ‘सार्वजनिक,आर्थिक कारोबार संचालनमा पारदर्शिता र स्वच्छता कायम गर्न बेथानी भिजन नेपाल प्रतिबद्ध छ ।’
अनाथ, दुर्ववहार, शोषण, थिचोमिचो वा पारिवारबाट विच्छेद भएका बालबालिकाहरूको उद्दारगरी परिवार जस्तै वातावरणमा पुनःस्थापन गर्ने संस्था भएको सुनारले बताईन् ।
‘हाम्रीले सडकमा बेवारिसे अवस्थामा रहेकाहरूका बालबालिकाहरूको उद्दार गरि ल्याएका बालबालिकाहरुको व्यवस्थापन गर्दै पारिवारिक स्याहारमा पुनःस्थापना गर्दै आएको संस्था बेथानी भिजन नेपाल हो’ उनले भनिन् ।
बेचबिखनको जोखिमबाट उद्दार गरि बालबालिकाहरूलाई संरक्षण गरेर औपचारिक शिक्षा समेत दिलाएको सुनारले बताईन् । उने भनिन्, ‘बेथानी भिजन नेपालले अनाथ तथा दुर्व्यवहार र शोषणमा परेका बालबालिकाहरुलाई औपचारिक शिक्षा दिर्दै आएका छौं।’
‘प्रत्येक बालबालिका प्रेमिलो, वास्ता गर्ने र स्थिर परिवारमा’ भन्ने मुल नाराका साथ बेथानी भिजन नेपालको सामाजिक लेखा परीक्षण एक कार्यक्रमका बिच सम्पन्न भएको हो ।