काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
नेपाली बजारमा गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला एक हजार ६०० ले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासङ्घका अनुसार एक तोला सुन आज एक लाख ५५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य एक हजार आठ सय ६० कायम भएको महासंघले जनाएको छ।