काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर ९आईपीओ० आज बाँडफाँड हुने भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार हिमालयन रिइन्स्योरेन्सको आईपीओ बाँडफाँड आज हुनेछ ।
कम्पनीले गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा दुई करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३० लाख कित्ता, कम्पनीका कार्यरत कर्मचारीका लागि ६ लाख कित्ता तथा सामूहिक लगानी कोषहरूलाई १५ लाख कित्ता आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।































