काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले पछिल्लो व्यवस्थाअनुसार विदेशबाट आउने यात्रुले सुनका गहना, मोबाइल तथा टेलिभिजन के(कति मात्रा वा संख्यामा ल्याउन पाइन्छ भन्ने सूचना सार्वजनिक गरेको छ।
कार्यालयले सार्वजनिक गरेको व्यवस्था अनुसार विदेशबाट आउँदा महिलाको हकमा ५० ग्रामसम्म र पुरूषको हकमा २५ ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नु नपर्ने व्यवस्था रहेको छ।
साथै एक जना व्यक्तिले यो बाहेक थप २ सय ग्रामसम्मका सुनको गहना भन्सार बिन्दुबाट महसुल तिरेर साथमा ल्याउन पाउने व्यवस्था रहेको छ। त्यस्तै गहनाको आकार मात्रै दिएर बनाइएका बेरूवा औंठी, बाला, सिक्रीजस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नदिइने पनि कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नु नपर्ने व्यवस्था रहेको छ।