Hotel Panchthar Nepco Media

वर्षाले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध

काठमाडौं ।अबिरल वर्षाका कारण सालझण्ड-ढोरपाटन सडक अवरुद्ध भएको छ।

आयोजनाको बुर्तिबाङ–ढोरपाटन सडकखण्डअन्तर्गत ढोरपाटन नगरपालिका–५ र ६ को सिमाना दोगाडी नजिकै सडक अवरुद्ध भएको हो।

माथिदेखि खसेको ठूलो पहिराले सडक अवरुद्ध बनेको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिए। बिहीबार दिउँसो खसेको पहिरो आज बिहानसम्म पन्छाउन सकिएको छैन। बिहानैदेखि सडक खुलाउने प्रयास भइरहेको छ।

सडक अवरुद्ध हुँदा ढोरपाटन जाने र फर्किने पर्यटक बीच बाटोमै अलपत्र छन्।