सिटिजन्स बैंकको खाताबाट तीन करोड ४२ लाख चोरी

काठमाडौं । सिटिजन्स बैंकको खाताबाट ह्याकरले तीन करोड ४२ लाख रुपैयाँ चोरी गरेका छन् । ह्याकरले सफ्टवेयर तथा प्रविधि विकासमा काम गर्ने एफवान सफ्ट कम्पनीको अनलाइन बैंकिङ प्रणाली ह्याकिङ गरी खाताबाट सो रकम चोरी भएको हो ।

सिटिजन्स बैंक इन्टरनेसनलमा रहेको खातामा भएको यस्तो ह्याकिङमा अन्तर्राष्ट्रिय समूह संलग्न रहेको आशंका गरिएको छ ।

कम्पनीको उजुरीका आधारमा प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको बैंकले जनाएको छ ।

एफवान सफ्ट इसेवा, फोनपेजस्ता चर्चित मोबाइल वालेट तथा डिजिटल भुक्तानी सञ्चालन गर्ने कम्पनी हो । कम्पनीले सफ्टवेयर तथा प्रविधि विकास गरी बिक्री– वितरणको भुक्तानी सो खातामा जम्मा गर्दै आएको थियो । दुई महिनाअघि पटक–पटक गरेर सो खाताबाट अनलाइन बैंकिङमार्फत विभिन्न खातामा पैसा ट्रान्सफर भएको हो ।

केही खाताधनीलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । साइबर ब्युरोका अनुसा।र अनुसन्धान सुरुवाती चरणमा रहेको छ ।