काठमाडौंबाट ६८ लाखसहित चार युवक पक्राउ

काठमाडौं । काठमाडौंको सिनामंगल शम्भुमार्गबाट स्रोत नखुलेको ६८ लाख रुपैयाँसहित चारजना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-३२ दोभानपुल बस्ने राजकुमार माली, नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा नगरपालिका– ७ घर भएका प्रवेश कुमार पौडेल र झापा बिर्तामोड नगरपालिका(५ घर भएका युवराज सुवेदीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले प्रदेश ३-०१-०२२ च १९७२ नम्बरको कारमा सवार उनीहरूलाई उक्त स्रोत नखुलेको नगदसहित पक्राउ गरेको हो ।