सर्वाधिक कमाउने चलचित्र बन्यो ‘पूर्णबहादुरको सारंगी’

काठमाडौं । कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको ‘पूर्णबहादुरको सारंगी’ सर्वाधिक कमाउने नेपाली चलचित्र बननेको छ।

निर्माता विनोद पौडेलले फिल्मले प्रदर्शनको १४ औं दिनसम्म आइपुग्दा २७ करोड रूपैयाँ संकलन गरेको जनाएका छन् ।

नेपालभर चलचित्र हेर्ने दर्शकको चाप उस्तै भएपछि निर्माण समूह मोफसल भ्रमणमासमेत निस्किएको छ।

यो चलचित्रले एकै दिन तीन करोड ८९ लाखको व्यापार गर्दै एक दिनमा सर्वाधिक कमाउने नेपाली चलचित्र र ९८ चलचित्र भवनमा चार सय ६५ भन्दा बढी सो पाएको रेकर्डसमेत बनाएको निर्माताले जानकारी दिएका छन् ।