काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष ९आव०को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको प्रथम त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३० दशमलव ०६ प्रतिशत वृद्धि भएको कम्पनीले जनाएको छ ।
कम्पनीको चुक्ता पूँजी ८ अर्ब २० करोड रुपैयाँ छ। कम्पनीले पहिलो त्रैमाससम्ममा रिटेन्ड अर्निङमा ७१ करोड १९ लाख रुपैयाँ र महाविपत्ति कोषमा १ अर्ब ११ करोड रुपैयाँ सञ्चित गरेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी ९ईपीएस० समेत वृद्धि भएको छ। गत आवको प्रथम त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७० पैसा रहेकोमा चालू आवको यसै समयमा २ रुपैयाँ ३१ पैसाले बढेर १० रुपैयाँ १ पैसा पुगेको छ। त्यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ९९ पैसा छ।





























