काठमाडौं । वैदेशिक रोजगारका लागि अल्बानिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका– १ का मणिकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ।
तामाङले अल्बानिया पठाइदिन्छु भन्दै एकजनाबाट पाँच लाख तीन हजार नौ सय लिई सम्पर्कविहीन भएका थिए।
पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनलाई काठमाडौं गोकर्णेश्वरबाट पक्राउ गरेको हो।
तामाङलाई अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।






























