सुनको भाउमा गिरावट

काठमाडौं । बजारमा सुनको मूल्य दुई हजार चार सयले घटेको छ ।

सोमबार प्रतितोला एक लाख ६५ हजार रुपियाँमा कारोबार भएको छापावाला सुन मङ्गलबार एक लाख ६२ हजार ६ सय रुपियाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य प्रतितोला ३० ले घटेको महासघंले जनाएको छ । सोमबार प्रतितोला एक हजार ९५५ मा कारोबार भएको चाँदी आज एक हजार ९२५ मा खरिदबिक्री भइरहेको छ ।