दल विभाजन सम्बन्धी अध्यादेशको विपक्ष कांग्रेस

काठमाडौं । सरकारले दल विभाजनलाई सहज हुने गरी अध्यादेश ल्याउने तयारी गरिरहेको बेला सत्तारुढ दल नेपाली कांग्रेस भने विपक्षमा देखिएको छ ।

कांग्रेस नेता मीन विश्वकर्माले आफ्नो दल दल विभाजन सम्बन्धी अध्यादेशको विपक्षमा रहेको बताए ।

आइतबार राति बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेर बहादुर देउवासहितका नेतासँगको छलफलमा अध्यादेश ल्याउन सहयोग माग गरेका थिए ।