काठमाडौं । काठमाडौंको सितापाइलामा पार्किङ गरेर राखिरहेको सेरेस ईभी जलेर खरानी भएको छ ।
सोमबार बिहान सीतापाइलामा सडक छेउ रोकेर राखिउको बागमती प्रदेश ०१-०२९ च ५९५० नम्बरको विद्युतीय कारमा आगलागी भएको हो।
काठमाडौं स्थित सितापाइलामा रहेको विश्वास स्पोर्टस् सर्भिस सेन्टरमा कार पार्किङमा राखिएको थियो । कारमा व्याट्री सर्ट भएर धुवाँको मुस्लो निस्किए लगत्तै आगो फुटेर गाडी ध्वस्त भएको प्रहरीले जनाएको छ । ।
प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको काठमाडौं जिल्ला प्रहरी परिसरले जानकारी दिएको छ । प्रहरीका अनुसार घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।































