Hotel Panchthar Nepco Media

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले ६ दिनको म्याद थप गर्ने आदेश गरेको हो ।

प्रहरीले रवि लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका सरकारी वकिलको कार्यालयमार्फत म्याद थपका लागि ५ दिनको म्याद लिएको थियो ।

लामिछाने सहकारी ठगी प्रकरणमा शुक्रबार पक्राउ परेका थिए । उनलाई आजै प्रहरीले अदालतमा उपस्थित गराएको थियो ।