काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले आफूलाई उपसभापति स्वर्णिम वाग्लेले कुट्ने धम्की दिएको बताएका छन् ।
सामाजिक सञ्जालमा ढकालले आफूलाई वाग्लेको सचिवालयबाट पटक पटक फोन गरिएको र आफूसँग बस्ने भाइलाई फोन गरेर कुट्ने धम्की दिएको आरोप लगाएका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे, फोन उठाइन। मसँगै बस्ने भाइलाई फोन गरेर “मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन‘ लगायत अनेक भनेकाले, हिजै राती इलाकाको डिएसपिलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु।’
ढकालले एक टेलिभिजन अन्तर्वार्तामा रास्वपा सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेले भारतीय विदेश मन्त्रीलाई भेटेपछि आफूहरूलाई देशको नेतृत्व दिएमा नेपाललाई भारतको राज्य वा भुटान जस्तो बनाउन दिन सकिने आफूसँग बताएको विवादित अभिव्यक्ति दिएका थिए।































