सेनाको हेलिकप्टरमा काठमाडौंबाट सुर्खेत लगियो बालकुमारी घटनाका युवाको शव

काठमाडौं । ललितपुरको बालकुमारीमा इपिएस कोरिया शाखामा भाषा परीक्षाको आवेदन दिन पुगेका र प्रहरीबीच झडप हुँदा ज्यान गुमाएका दुई जनाको शव नेपाली सेनाको स्काई ट्रकमा राखेर लगिएको छ।

शुक्रबार बालकुमारीमा झडप हुँदा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो।