काठमाडौं । वैदेशिक रोजगारीको लागि दुबई पठाईदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ परेका छन् । काठमाण्डौ बस्ने सरेश कुमार रंजितलाई प्रहरीले पक्राउ गरेको हो ।
लक्षिराम बुढालाई वैदेशिक रोजगारीमा दुबई जानको लागी तीन लाख बीस हजार लाग्छ र दुबई पुगेपछि प्रतिष्ठित होटलमा कुक हेल्फरको काम हुने र मासिक बहत्तर हजार तलव हुन्छ भनी प्रलोभनमा पारी पटकपटक गरी जम्मा तीन लाख बीस हजार रकम लिएका थिए ।
रंजितलाई दरबारमार्गबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको प्रहरीले जनाएको छ ।































