झाङमा डोजर दुर्घटना, १ जनाको मृत्यु

बझाङ । डोजर दुर्घटना भएर बझाङमा १ जनाको मृत्यु भएको छ।

डोजर दुर्घटना हुँदा चालक प्रकाश कठायतको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दिपेश चौधरीका अनुसार सोमबार राति १० बजेतिर पुरानो बसपार्कमा डोजर दुर्घटना भएको थियो।

डोजर सडकबाट २० मिटर तल खसेर चालक कठायत सिटमुनि च्यापिँदा घटनास्थलमै मृत्यु चौधरीले जानकारी दिए।