काठमाडौं । परराष्ट्र मन्त्रालयले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।
प्रतिष्ठानको कार्यकारी निर्देशकको लागि खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्न मंगलबार दरखास्त आह्वान गरेको हो।
प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको, अन्तर्राष्ट्रिय कानुन, कूटनीति वा आर्थिक कूटनीतिक क्षेत्रमा कम्तीमा १० वर्ष काम गरेको, नेपालको परराष्ट्र नीति तथा मामिलामा विशेष योगदान दिएको र उच्च व्यवस्थापकीय पदमा कम्तीमा ५ वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्ने छन् ।






























