एनसेल विक्री प्रकरणमा सरकारी अध्ययन समिति नाटक मात्र हो : लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेल खरिदविक्रीमा सरकारले समिति बनाएर अध्ययन गर्ने कुरा नाटकमात्र भएको आरोप लगाएका छन्।

पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीसँग उनले यस्तो आरोप लगाएका हुन्।

उनले एनसेलमा गैरकानूनी काम भएको भए तत्काल कारबाही गर्नुपर्ने बताए।

उनले एनसेल प्रकरणमा कैयौँ राजनीतिक दलहरुको संलग्नता रहेको हुनसक्ने आशंका गरे।

उनले गैरकानूनी हो भने सत्ता गठबन्धन, सर्वदलीय बैठक बस्ने नभइ कर छल्ने मानिसलाई पक्राउ गर्न चुनौती दिए।