काठमाडौं । बनेपाबाट खरिदको स्रोत नखुलेका गरगहना र रकमसहित एकजनालाई पक्राउ गरिएको छ ।
ठूलो परिमाणमा सुन तथा चाँदी गालेर बिक्री गरेको भन्ने सूचनाका आधारमा प्रहरीले बनेपा बस्ने भारतका ३९ वर्षीय सचिन विभुतेलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार बिल नभएको सुन २३५ दशमलव नौ ग्राम, एक हजार ९०१ दशमलव २६ ग्राम चाँदी, नेरु पाँच लाख ७६ हजार र भारु २२ हजार बरामद गरिएको छ ।