काठमाडौं। पशुपति मन्दिर क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध गरेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपतिनाथको चार किल्ला तोकेर आजदेखि मंसिर २७ गतेसम्म मासु, मदिरा र नसालु पदार्थ निषेध गरेको हो।
बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर र मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिण भित्रका सबै भागमा मासु, मदिार र नसालु पदार्थ निषेध गरिएको छ।