हेटौँडा । हेटौँडामा भोलिदेखि ‘हेटौँडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’ को आयोजना हुने भएको छ ।
आज पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र श्रीलङ्काका गरी एक सय २० जना खेलाडीको सहभागिता रहने सङ्घले जनाएको छ ।
प्रतियोगिताका विजेताले रु एक लाख २५ हजार, दोस्रो हुनेले रु ७५ हजार र तेस्रो हुनेले रु ४० हजार नगदसहित प्रमाणपत्र पाउने छन् । यसैगरी प्रतियोगितामा चौँथो हुनेले रु २५ हजार र पाँचौँ हुनेले २० हजार जित्नेछन् ।
यस्तै छैठौंँदेखि दशौँं स्थानसम्मका प्रत्येक प्रतियोगिले रु १५ हजार, एघारौँदेखि पन्ध्रौँसम्मले रु ११ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।































