काठमाडौं। कोरिया ईपीएस शाखाले दक्षिण कोरियामा पानीजहाज निर्माणका लागि लिएको भाषा परीक्षामा ४ हजार ९८ जना उत्तीर्ण भएका छन् ।
गत असोज १ देखि कात्तिक ७ गतेसम्म लिइएको पहिलो चरणको भाषा परीक्षाको नतिजा सोमबार सार्वजनिक भएको हो ।
३५ हजार ४ सय ७८ जनाले परीक्षाका लागि आवेदन दिएका थिए।
दक्षिण कोरियाले पहिलो पटक पानीजहाज निर्माण कम्पनीका लागि ठूलो संख्यामा नेपाली कामदार लैजान लागेको हो ।