काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापा पक्राउ परेका छन्।
गौशालामा प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ।
प्रहरीले सोही घटनामा यसअघि १४ जनालाई पक्राउ गरिसकेको छ।
प्रहरी स्रोतका अनुसार आज पक्राउ परेका थापालाई प्रहरी वृत्त गौशालामा राखिएको छ। थापा सिनामंगलस्थित केएमसी अस्पतालबाट पक्राउ परेका हुन्।
मंसिर ७ गतेदेखि मेडिकल व्यवसायी प्रसाईंले काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन्।