काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले भूकम्प पीडितलाई सघाउन सरकारलाई एक करोड रूपैयाँको चेक हस्तान्तरण गरेको छ। जाजरकोट र रुकुममा गएको भूकम्पमा परी पीडित भएका परिवारलाई राहत दिन सहयोग गरेको हो।
सरकारको भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनः स्थापना कार्यलाई साथ दिन प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक करोड रूपैयाँ योगदान गरेको छ।
कम्पनीका सञ्चालक तथा अधिकारीहरूले प्रधानमन्त्री पुष्पकमल प्रचण्डलाई सोमबार चेक हस्तान्तरण गरेका छन्।






























