काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानको आवश्यक योजना तयारी, नेताहरूको परिचालनलगायतका विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्द्धनका लागि मंसिर १४ गतेदेखि सुरु गर्ने ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ का बारेमा भइरहेको तयारीबारे छलफल हुनेछ । अभियान बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म सञ्चालन हुने एमालेले जनाएको छ ।