काठमाडौं । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताबीच शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने सहमति भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच मंगलबार साँझ बालुवाटार छलफल भएको हो ।
आपसी सहमतिमानै शान्ति प्रक्रिया टुंग्याउन तयार छौं भन्ने सन्देश दिन मंगलबार सो भेट भएको हो ।






























