चलचित्र संघको अध्यक्षमा प्रज्वल शमशेर जबरा निर्वाचित

काठमाडौं । नेपाल चलचित्र संघको अध्यक्षमा प्रज्वल शमशेर जबरा निर्वाचित भएका छन् । संघको साधारणसभाले जबराको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा मिजास पोखरेल, महासचिवमा सुरेन्द्रकुमार थापा, उपमहासचिवमा करण श्रेष्ठ र कोषाध्यक्षमा आशीष तामाङ निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यमा चैतन्य बराल कोसी मधेस प्रदेश संयोजक, गोविन्दबहादुर शाही वितरण समिति संयोजक, दुर्गालाल प्रधान प्रदर्शन समिति संयोजक, डा. सिंह गुरुङ, गण्डकी, लुम्बिनी, कर्णाली र सुुदूरपश्चिम प्रदेश संयोजक, विपश्यना श्रेष्ठ वाग्मती प्रदेश संयोजक चयन भएका छन् । कार्यसमिति सदस्यमा संजोग नारायण श्रेष्ठ चयन भएका छन् ।