काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भ्रमणमा नेपाल र भारतबीच हस्ताक्षर हुने पाँचवटा समझदारी (एमओयू) तथा सम्झौतापत्रको टुंगो लागेको छ ।
“प्रधानमन्त्रज्यूको भारत भ्रमणमा दुई देशबीच पूर्वाधार, शिक्षा, खेलकुद, स्वास्थ्य लगायतका क्षेत्रमा पाँचवटा एमओयू तथा सम्झौतापत्रमा हस्ताक्षर हुने तय भएको छ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, “अझै थप चारवटा एमओयू तथा सम्झौतापत्रमा छलफल चलिरहेको छ । टुंगिन बाँकी छ ।”
प्रधानमन्त्री शाह भारतको दुईदिने राजकीय भ्रमणको सिलसिलामा आइतबार (मंसिर ६) दिउँसो १ः४५ बजे नयाँ दिल्ली प्रस्थान गर्दै छन् । आइतबार साँझ भारतका विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।
बालेन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार भेटवार्ता हुने कार्यक्रम छ । दुई प्रधानमन्त्रीबीच ‘वान अन वान’ वार्ता भएपछि नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय बैठक हुनेछ । त्यसपछि विभिन्न एमओयू तथा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।




























