बालेन दिल्ली पुगेपछि भारतको विदेश मन्त्रालयले भन्यो– दुई देशको साझेदारी सुदृढ पार्ने अवसर

नयाँ दिल्ली । भारतको विदेश मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाहको भ्रमण दुई देशबीचको साझेदारीलाई सुदृढ पार्ने अवसर भएको जनाएको छ ।

भारतको दुई दिने राजकीय भ्रमणको सिलसिलामा प्रधानमन्त्री शाह आइतबार नयाँ दिल्ली आइपुगे लगत्तै भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यस्तो बताएका हुन् ।

“यो भ्रमणले भारत र नेपालबीचको चिरस्थायी तथा बहुआयामिक साझेदारीलाई सुदृढ पार्ने अवसर प्रदान गर्दछ,” विदेश मन्त्रालयका प्रवक्ता जयसवालले सामाजिक सञ्जला एक्समा लेखेका छन् ।

प्रधानमन्त्री बालेन आइतबार नयाँ दिल्ली आइपुगेका हुन् । उनलाई नयाँ दिल्ली स्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका थिए ।