बालेन भारत भ्रमणमा प्रस्थान, भोलि मोदीसँग उच्चस्तरीय वार्ता!

काठमाडौं ।प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उहाँ आज दिउँसो १:४५ बजे नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो।
भ्रमणका क्रममा राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट तथा भोलि मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। व्यापार, ऊर्जा, पारवहन, लगानी, पूर्वाधार र दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउने विषयमा छलफलसँगै विभिन्न समझदारीपत्र आदानप्रदान गर्ने कार्यक्रम छ।