काठमाडौं । प्रहरीले करिब २५ करोड नगद सहित दुईजनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौंबाट दुईजनालाई पक्राउ गरेको हो ।
नेपाली रुपैयाँ, अमेरिकी डलर र युरोसहित दुईजनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय जनाएको छ। काठमाडौंको झोर महाकाल क्षेत्रबाट ना।१ ख १६५२ नम्बरको ट्रकबाट सो रकम बरामद गरिएको छ । ट्रक चालक सहित दुईजना पक्राउ परेका छन् ।





























